१० श्रावण २०८३, आइतबार

पुनर्बीमा कमिशन मार्फत निर्जीबन बीमा कम्पनीले गरे २ अर्ब आम्दानी, खर्चको विवरण कस्तो ?

पुनर्बीमा कमिशन मार्फत निर्जीबन बीमा कम्पनीले गरे २ अर्ब आम्दानी, खर्चको विवरण कस्तो ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ६ महिनामा पुनीर्बीमा मार्फत २ अर्ब आम्दानी गरेका छन् ।

संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा १७ बीमा निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिसन मार्फत २ अर्ब १६ करोड २९ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेका हुन् । तर, गत वर्षको सोही अवधिमा भने झिनो गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीहरुको यस्तो आम्दानी २ करोड ८५ लाख १ हजार रुपैयाँ कम हो ।

सात कम्पनीले बढाए पुनर्बीमा कमिशन आम्दानी, शिखरको सबैभन्दा धेरै

चालु आवको ६ महिनामा आधा दर्जन कम्पनीहरुले पुनबीमा कमिशन आम्दानी बढाएका छन् ।

सो अवधिमा पुनबीमा कमिशन मार्फत शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै आम्दानी गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ३४ करोड ६१ लाख ९१ हजार आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ७.९८ प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशनबाट ३२ करोड ५ लाख ८८ हजार रुपैयाँमा कमाएको थियो ।

यता, पुनर्बीमा कमिशन आम्दानी बढाउनेमा भने ओरियन्टल इन्स्योरेन्स देखिएको छ । कम्पनीको यस्तो आम्दानी ७४.८ प्रतिशतले बढेर ७ करोड ३ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा ४ करोड २ लाख ५१ हजार रुपैयाँमा आम्दानी गरेको थियो ।

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी ६१.६३ प्रतिशतले बढेर १४ करोड २३ लाख ६७ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ५६.३९ प्रतिशतले बढेर १४ लाख ४२ हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको १३.३ प्रतिशतले बढेर १२ करोड ४३ लाख ६१ हजार रुपैयाँ, हिमालयन इभरेष्ट इन्स्योरेन्सको १०.८ प्रतिशतले बढेर १७ करोड ४५ लाख ३७ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सको ६.३८ प्रतिशतले ९ करोड २४ लाख ३ हजार रुपैयाँ रहेको छ ।

१० कम्पनीको पुनर्बीमा कमिशन घट्यो

चालु आवको दोस्रो त्रैमासमा १० वटा कम्पनीको कम्पनीको पुनर्बीमा कमिशन आय घटेको छ ।

सो अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानीमा भने ४.९६ प्रतिशतले कमी आएको छ ।योसंगै कम्पनीले सो अवधिमा पुनर्बीमा कमिशन माफर्त ९ करोड ४६ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा यस्तो आम्दानी ९ करोड ९५ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको पुष समान्तसम्ममा सबैभन्दा बढी पुनर्बीमा आम्दानी नेपाल इन्स्योरेन्सको घटेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ३४.०६ प्रतिशतले घटेर १४ करोड ८८ लाख ४६ हजार रुपैयाँमा कायम भएको छ ।

यस्तै, यूनाइटेड इन्स्योरेन्सको ३१.६३ प्रतिशतले घटेर ६ करोड ४८ लाख १८ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको १५.५६ प्रतिशत १६ करोड ७० लाख ९८ हजार रुपैयाँ रहेको छ ।

कति भयो पुनबीमा कमिशन खर्च ?

चालु आवको ६ महिनामा भने निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा खर्च बढेको छ ।

सो अवधिमा कम्पनीहरुको पुनर्बीमा कमिशन खर्च ११.३४ प्रतिशतले बढेर २ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । तर, गत वर्षको पुस मसान्तसम्ममा कम्पनीहरुले पुनर्बीमा कमिशनका लागि २ करोड १४ लाख १५ हजार रुपैयाँ खर्चिएका थिए ।

चालु आवको ६ महिनामा पुनर्बीमा कमिशनका लागि एनएलजी इन्स्योरेन्सले सबैभन्दा बढी खर्चिएको छ । सो अवधिमा कम्पनीको यस्तो खर्च २२६१.२७ प्रतिशतले बढेर १ करोड १० लाख ९८ हजार पुगेको छ ।

यस्तै, सानिमा जिआइसीको पुनर्बीमा कमिशन खर्च ७०.२३ प्रतिशतले बढेर १ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

साथै, नेपाल इन्स्योरेन्सको ६५.५९ प्रतिशतले घटेर १३ लाख ९१ हजार रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको ६०.२२ प्रतिशतले घटेर ३५ हजार रुपैयाँ पुनर्बीमा कमिसन खर्च गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्स, सगरमाथा, हिमालयन एभरेष्ट, लुम्बिनी जनरल, प्रभु, युनाईट, अजोड र राष्ट्रिय बीमा कम्पनीहरुले भने पुनर्बीमा कमिशन खर्च उल्लेख गरेका छैनन् ।