मोलुङ्ग हाइड्रोपावरको भर्नुभयो त ? आवेदन दिने भोलि अन्तिम मौका
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि (फागनु १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले अव बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।













