प्रिमियम मूल्य आईपीओ निष्कासन गर्ने प्रस्तावसहित शौर्य सिमेन्ट इण्डष्ट्रिजको साधारण सभा चैत १ गते
काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले प्रथम वार्षिक साधारण सभा चैत १ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा दिउँसो २ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखारिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको पूँजीको संमरचना परिवर्तन हुने भएकोले प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गर्ने भनि छुट्याएको शेयरलाई संशोधन गरी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।













