मोलुङ हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म साढे १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (फागुन १० गते) सम्ममा १४ लाख ८७ हजार ५८४ जनाले १ करोड ६५ लाख ९० हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ७.३२ गुणा बढी आवेदन हो ।
मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५५ अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।
कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













