नबिल फ्लेक्सी क्याप फण्डको इकाई आजदेखि कारोबारमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नबिल फ्लेक्सी क्याप फण्डको इकाई आजदेखि कारोबारमा



काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भई रहेको नबिल फ्लेक्सी क्याप फण्डको इकाई आज (फागुन ११ गते) देखि कारोबारमा आएको छ ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौंमार्फत खरीद विक्री गर्न सकिने व्यवस्था मिलाईएको हो । खुला मुखी प्रकृतिको यस फण्डको इकाई खरीदविक्रीमा लागि आईतबारदेखि बिहीबारसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्टर खुला रहने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

यस फण्ड सञ्चालनका लागि प्रति इकाई रू। १० का दरको ७ करोड ५० लाख इकाई जारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्