तपाईको बैंक खातामा आयो त ६० प्रतिशत र २० प्रतिशत लाभांश ?
काठमाडौं । बोटलर्स नेपाल अन्तर्गत दुई ओटा कम्पनीले नगद लाभां वितरण गरेको छ ।
बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले पुस २७ गते छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट पारित नगद लाभांश आफ्ना सेयरधनीको बैंक खातामा पठाएका छन् ।
बोटलर्स नेपाल तराईले साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश कर कट्टी गरी माघ २३ गते र बोटलर्स नेपाल बालाजुले साधारण सभाबाट पारित २० प्रतिशत नगद लाभांश कर कट्टा गरी माघ २३ गते देखि सेयरधनीको बैंक खातामा पठाएको जनाएको छ ।
हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीले यथाशिघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनु पर्ने बताइएको छ ।
सेयर अभौतिकीकरण गराएका तर बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीले पनि बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।













