एशियन हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो ।
आइपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको थियो भने १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र बाँटफाँट गरेको थियो । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्न सकिन्छ
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटः https://www.nmbcl.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइटः https://www.urjadeveloper.com/













