हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफर ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रोलिक जर्नी युट आईओएनआईक्यू ५’ भन्ने नाराका साथ अफर सुरु गरेको हो ।
जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्याङ्कन रु.४० लाख कायम गरिएको छ ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीको भनाइ छ ।













