अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीले दिए राजीनामा
काठमाडौं । नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीहरूले आज (फागुन १५ गते) राजीनामा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित ८ मन्त्रीहरूले प्रधानमन्त्री पुष्प कमद दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।














