१० श्रावण २०८३, आइतबार

सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभिएर फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएपछि कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । केन्द्रीय कार्यालय भने काठमाडौं, बबरमहलमा रहनेछ । मर्जरको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पनि पाइसकेको छ ।

यी दुवै कम्पनी समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । दुई कम्पनीले गत असार २७ गते मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता भएको थियो ।