१० श्रावण २०८३, आइतबार

प्रुरुडेन्सियल इन्स्योरेन्सको लाभांश संसोधन, अब नगद र बोनस कति ?

प्रुरुडेन्सियल इन्स्योरेन्सको लाभांश संसोधन, अब नगद र बोनस कति ?



काठमाडौं । प्रुरुडेन्सियल इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । अब कम्पनीको संसोधित लाभांश ३.५० प्रतिशत भएको छ ।

यसअघि, कम्पनीले सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको फागुन १५ गते बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ३.३२५ प्रतिशत बोनस र कर प्रयोजनका लार्गि ०.१७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।