१० श्रावण २०८३, आइतबार

जीवन बीमा कम्पनीले उठाए ८३ अर्ब बढी प्रिमियमः नेपाल लाइफको अग्रता कायमै, एलआईसीलाई पच्छ्याउँदै नेशनल

जीवन बीमा कम्पनीले उठाए ८३ अर्ब बढी प्रिमियमः नेपाल लाइफको अग्रता कायमै, एलआईसीलाई पच्छ्याउँदै नेशनल



काठमाडौं । ७ महिनामा जीवन बीमा कम्पनीहरुले ८३ अर्ब बढी बीमा शूल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९।८० को माघ महिनासम्मको तथ्याङले यस्तो देखाएको हो ।

सो अवधिमा संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुले कुल ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार रुपैयाँ आर्जन गरेका हुन् । माघ महिनासम्ममा कम्पनीहरुले १ करोड ४२ लाख ६० हजार १३९ वटा बीमालेख जारी गरेका छन् ।

माघ समान्तसम्मको अवधिमा सबैं भन्दा बढी बीमा शूल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले सो अवधिमा २१ अर्ब ६४ करोड ६८ लाख २२ हजार रुपैयाँ संकलन गरको छ । कम्पनीले ९ लाख ५७ हजार ४६७ वटा बीमालेखा जारी गरेको हो ।

बीमा शूल्क आर्जन गर्ने कम्पनीमा दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीले उक्त शुल्क १० अर्ब २२ करोड ६० लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । उक्त अवधिमा कम्पनीले ६ लाख ८८ हजार ३७ वटा बीमालेख बिक्री गरेको हो ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले ८ अर्ब ९८ करोड ३१ लाख ५६ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४८ करोड २८ लाख ९२ हजार रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४करोड १७ लाख ७२ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब १० करोड ८४ लाख ७९ हजार रुपैयाँ बीमा शूल्क आर्जन छन् ।
सो अवधिमा यी कम्पनीले क्रमशः १५ लाख ७७ हजार ३८३ वटा, ५ लाख ५७ हजार ५०१ वटा, १ लाख ६ हजार ६४४ वटा, ६ लाख ४१ हजार ८०० वटाबीमा लृेखालेख जारी गरेका हुन ।

चालु आवको ७ महिनामा बीमा शूल्क सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ८६ करोड ४९ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब १४ करोड २ लाख रुपैयाँ, प्राइम लाइफले २ अर्ब ६३ करोड ५ लाख २५ हजार रुपैयाँ, आइएमई लाइफले २ अर्ब ३२ करोड ४ लाख ४६ हजार रुपैयाँ, सन नेपाल लाइफले२ अर्ब २९ करोड १७ लाख २१ हजार रुपैयाँ, रिलायन्स नेपाल लाइफको२ अर्ब ८ करोड ५७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेका छन् ।

सो अवधिमा यी कम्पनीले७ लाख ९६ हजार ७५५ वटा, १५ लाख ८८ हजार ६६८ वटा, १ लाख ७२ हजार ४१ वटा, २ लाख ४४ हजार २३५ वटा, ८ लाख ९५ हजार १७६ वटा, ३६ लाख ५१ हजार ६२१ वटा बीमालेख जारी गरेका छन् ।

सो अवधिमा सबैं भन्दा कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु लाइफले १ अर्ब २२ करोड ५७ लाख ६७ हजार रुपैयाँ, सानिमा लाइफले १ अर्ब ४८ करोड ५४ लाख ५ हजार रुपैयाँ, महालक्ष्मी लाइफले ८९ करोड ५१ लाख १२ हजार रुपैयाँ, मेट लाइफले २ अर्ब ९० करोड ३० लाख १३ हजार रुपैयाँ, गुराँस लाइफले १ अर्ब ७७ करोड ५६लाख ५ हजार रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् ।

त्यस्तै, यी बीमा कम्पनीहरुले बीमालेख क्रमशः १ लाख ५६ हजार८३४ वटा, ८२ हजार २६६ वटा, ३५ हजार ७७७ वटा, ९ लाख ७९ हजार ३२९ वटा, ९८ हजार २०३ वटा बीमा लेखा जारी गरेका छन् ।