सात सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?
काठमाडौं । सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
यसैगरी रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।












