भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । बुधबार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको नयाँ सूची पठाएको हो ।
डिजेल प्रतिलिटर ५।५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ३४० रुपैयाँ घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।
यस्तै हवाइ इन्धनमा७.३ रुपैयाँ घटेर आएको छ । नेपाल आयल निगमले भने अहिलेसम्म घटाउने बारे कुनै आधिकारिक निर्णय गरेको छैन ।













