१५ महिना लामो वारेन्टी भएको एक्साइडको नँया विद्युतीय रिक्सा ब्याट्री नेपालमा
काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्रीवितरण सुरु गरेको छ ।
एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ ।
साथै, विशेष अलोई प्रणाली भएका ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कमखपत गर्छ । यसैगरी, यिनीहरुमा “रगेड ट्युवलर पोजिटिभ प्लेट” को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्ने सफल हुन्छ भन्ने कम्पनीको आशा रहेको छ । कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताएको छ ।













