सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भएपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ ।
यी दुवै कम्पनी एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेका हुन् । यो नेपाली बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरुको तेस्रो सफल मर्जर हो । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट संयुक्त कारोबार सुरु भएको हो । कम्पनीको केन्द्रीय कार्यालय भने बबरमहल काठमाडौंमा रहनेछ ।
यी दुवै कम्पनी समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जाने सहमति भएको हो । मर्जपछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्री रहने छन् ।
मर्जपछि बन्नेका कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्नेछ ।













