मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँड
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कमलपोखरी आफ्नो कार्यलयबाट बिहान १० बजे बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपीओ मागभन्दा ७.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो ।












