७ श्रावण २०८३, बिहिबार

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५ जना भाग्यले पाए ११ कित्ता



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आज बाँडफाँट गरेको हो ।

आईपिओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन् । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्