अछाममा ४.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । अछाममा भूकम्प गएको छ । आज अर्थात फागुन २१ गते बिहान ८ बजेर ३५ मिनेटमा भुकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । क्षतिको विवरण भने अहिलेसम्म कुनै आएको छैन ।
आज बिहान पनि काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।













