होलीमा हराउँदै तराईमा घन्किने जोगीरा सारारा…
काठमाण्डौं । एक दशक अघिसम्म तराई मधेसमा जोगीरा सररर…गीत मुख मुखमा झुन्डीने गथ्र्यो । फागु पूर्णिमा आउन एक साता अघिदेखि नै होलीको चहलपलह सहित सो गीत गाइने गन्थ्यिो । तराइमा होली आउन एक दिन मात्र बाकी छ । तर अहिलेसम्म त्यसको जिल्लामा त्यसको कुनै छनक छैन ।
तराईमा विगत वर्षहरुमा गाईनेहोलीका गीतहरु जन जीब्रोमा देखिएको छैन । जोगीरा सरर मधेसका शहर र तथा फागु भर गाउँ देहातमा होलीका बेला गाईने गरिन्थ्यो। फागु आउन १५ दिन अघिदेखि जिल्लामा गुन्जिने गीतहरु अहिले सुनिन छाडेका छन् ।
एक दशक अघिसम्म फागु पूर्णिमा–होलीमा गुन्जीने गरेको जोगीरा साराराको गीत लगायतका होलीको परंपरातगत मौलिकता हराउँदै गएको छ । तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लुप्प हुँदै गएका छन् । अवधी भोजपुरीमा बजाईने बाजाहरु ढोकल, हरमुनिया, तबला लगायतको बाजा र होलीमा गाइने परम्परागत गीतहरु अहिलेको पुस्ताले छाडदै गएका छन् ।
बसन्त रितुको आगमनसंगै फागु पूर्णिमाको १५ दिन अगावैदेखि सुरु हुने रौनता होली आउन एक दिन मात्र बाकी रहदा त्यसको कुनै छनक देखिदैन । होलीको बेला गाईने मुल होली गीत र अवधी होली गीत जनजीब्रोबाट हटि सकेको अवधी साहित्यकार पशुपतिमणि त्रपाठीले बताए ।
‘एक दशक अघिसम्म पनि होलीमा जोगीरा सारासारा गीत होली आउनु अघि नै गुज्निथ्यो तर अहिले यतिबेला सम्म होली कुनै रोनक देखिएको छैन’ परम्परागत संस्कृति लोप हुदै गएकोमा दुःख व्यक्त गर्दै उनले भने ‘अवधीको मौलिकता सकिदै गएको छ ।’
‘सांस्कृतिक पर्व होली आउन दुई साता हुँदै साथीभाईहरु गाीत संगीत, कविता, हास्यव्यग्यका कार्यक्रम गरी मनाइथ्यो तर अहिले भने ती सबै कुराहरु सपना जस्तो लाग्न थालेको’ उनको भनाई छ । अवधी साहित्यकार राघवेन्द्र श्रीवास्तवले तराईमा होलीका पुराना गीत, संगीत, मनाउने तौर तरिका सबै बिलिन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
’टोल, छिमेकी गाउँ गाउँमा होली आउनु १५ दिनअघि नै त्यसका भान हुन्थ्यो अहिले अहिलेसम्म पनि कुनै रौनकता आएको देखिदैन’ उनले भने । अहिले फागु पूर्णिमाको एक दिन मात्र मनाउने गरिएको छ । होली एक दिन मात्र मनाइने गरिएका छन्। त्यो पनि एक दिन डिजे साउन्डमा नाचगान गरेर ।
अहिलेको युवा पुस्ताले मधेसमा खेलिने होलीका पुराना परंपरतालाई विर्सदै गएको अवधी साहित्यकारहरु चिन्ता व्यक्त गर्छन् । होलीको १५ दिन अगावै पण्डितद्धारा विधिवतरुपमा पुजापाठ गरी विधिवतरुपमा सुरुवात गरिथ्यो । गाउँ गाउँका युवाहरुले घर–घरबाट गुईटा संकलन गरी बालेर गीत गाइने चलन थियो ।
होलीको एक दिन पहिले ठाउँ–ठाउँबाट चोरिएका दाउरा राति जलाएर होलीकाको दहन गर्ने चलन रहेको अवधी सांस्कृतिका जानकार बिक्रममणी त्रिपाठीले बताए । होलीका दिन त्यही खरानी पोतेर बिहान नुहाउने गर्दथे । बिहान ९ बजे पछि एक आपसमा वधाई साटासाट गरी रंग लगाएर रमाइलो गरी खेलिने होलको अहिले भने त्यो मौलिकता हराउँदै गएको त्रिपाठीले बताए ।

परम्परागत मौलिकता, सांसकृतिका बारेमा युवा पुस्ताहरुलाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको ठम्माई छ । ‘मुल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासंगै बढाउन सकिएन त्यसले अहिले क्रमशः अवधीबाट परम्परागत संस्कृतिहरु विलिन हुँदै गएका छन्’ उनले भने ।
५÷६ दशकयता सामाजिक आन्दोलन समेत नभएकाले अवधीका मौलिकता हराउँदै गएको उनी बताउँछन् । भाङ खाने नराम्रो परंपरालाई अहिलेसम्म पनि अंगीकार गरेको पाइए पनि राम्रा कुराहरुmलाई भने ध्यान नदिईएको उनको गुनासो छ ।
होलीमा जबरस्ती नगर्न स्थानीय प्रशासनको आग्रह
स्थानीय प्रशासनले नजिकिदै गरेको होवी पर्वमा जबरजस्ती कसैलाई पनि रंग, अबिर नहाल्न आग्रह गरेको छ । रंग नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रंग अबीर नपोप्न आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रशासनले जनाएको छ ।
होली पर्वको पुर्व सन्ध्यामा सुचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादीत, सभ्य र अनुशासित बनाउन आग्रह गरेका छन्। जबरजस्ती लोला हान्ने, रंग र फोहर पानी छ्रयाप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रशासनले अपील गरेको छ ।
कानुन विपरित कार्यहरु गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ । उता होलीलाई सभ्य र मर्यादीप बनाउन जिल्ला प्रहरी कार्यालय होली विशेष सुरक्षा रणनीति तयार गरेको छ ।













