प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप, अब कति र कहिलेसम्म दिन पाइने ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप, अब कति र कहिलेसम्म दिन पाइने ?



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले निष्काशन गरेको प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने म्याद थप भएको छ ।

क्यापिटलले फागुन १८ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको हो । सो फण्डमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको हो । तर, सो अवधिमा मागभन्दा धेरै आवेदन परेको खण्डमा भने अगाडि नै बन्द हुनेछ ।

क्यापिटलका अनुसार कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । यी बाहेक बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासन भएको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको बन्दमुखि प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।

यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्