२६ श्रावण २०८३, मंगलबार

धुलिखेल जिपलाइनमा फागुको रमाइलो (फोटो फिचर)



काठमाडौं । धुलिखेल जिपलाइनमा पनि रङहरूको यो पर्वको माहोल बिहानै देखि देखिएको छ । होली मनाउने क्रममा धुलिखेल पुगेका युवा युवती रङ खेल्दै जिपलाइनमा रमाएका छन् । फागु पूर्णिमाको अवसरमा कुनैपनी जिपलाइन खेल्दा २० प्रतिशत छुट समेत रहेको छ ।

शरीरमा हार्नेस बाँधेर क्याराभिनाको मद्दतले लठ्ठा (फलामे डोरी) माथि घिर्नीमा झुण्डिदै एक ठाउँबाट हावामा कावा खाँदै अर्को ठाउँसम्म पुग्ने शाहसिक र रोमान्चक खेल हो जिपलाइन । क्लासिक जिपलाइन, उडेझैँ खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जना सँगै खेल्न मिल्ने) जिपलाइन वल्र्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सन्चलनमा ल्याएको ४ वर्ष पूरा भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो ।

धुलिखेल नगरपालिकाको थाक्ले देखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन असौसत ७५ किमि प्रतिघन्टाको गतिमा हुत्तिन्छ । करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी तथा जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले करिब ७ करोडको लगानीमा जिपलाइनसँगै रेस्टुरेन्ट, रिसोर्ट र चिल्ड्रेन एड्भेन्चर पार्क निर्माण गरेका छ्न ।

जिपलाइनको खेल्न कति लाग्छ शुल्कः

क्लासिक (साधारण) जिपलाइनः २५ सय रुपैयाँ
सुपरम्यान जिपलाइनः पैंतीस सय रुपैयाँ
टेन्डम (जोडी) जिपलाइनः ४५ सय रुपैयाँ