८ श्रावण २०८३, शुक्रबार

बिपिडब्लु लघुवित्तको आइपीओमा २०७ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १५ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस अनुसार मंगलबार साँझ ५ः०१ बजेसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा २०७.१० गुणा बढी हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन गरेको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०।५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणका लागि खुला गरेको थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्