२७ श्रावण २०८३, बुधबार

टर्कीका भूकम्प पीडितलाई रोनाल्डोले साढे ३ लाख डलर बराबर समान सहयोग



काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् ।

साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् ।

रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।