२७ श्रावण २०८३, बुधबार

एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् । नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।