सुजुकीको ग्राण्ड भिटारा र न्यू ब्रेजा नेपाली बजारमा, कति पर्छ मुल्य ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सुजुकीको ग्राण्ड भिटारा र न्यू ब्रेजा नेपाली बजारमा, कति पर्छ मुल्य ?



काठमाण्डौं । सुजुकीले आफ्ना पछिल्ला दुई नयाँ सुविधासम्पन्न उत्पादनका रुपमा ग्राण्ड भिटारा र न्यू ब्रेजा कार नेपाली बजारमा ल्याएको छ । नेपालमा धेरै लामो समयदेखि प्रतिक्षा गरिएको आधुनिक र सुविधायुक्त गाडीका रुपमा रहेका ‘द ग्राण्ड भिटारा’ र ’न्यू ब्रेजा’ यी दुई सवारी साधनहरु सुजुकी ब्राण्डका सबैभन्दा धेरै रुचाइएका उत्पादनहरु हुन् ।

कलात्मक रुपमा डिजाइन गरिएको यस गाडी नयाँ युगको प्रविधिले युक्त भएसँगै नयाँ पुस्ताका ग्राहकहरुको मुख्य रोजाईमा समेत पर्ने कम्पनीले दाबी गरेको छ । नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङअन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ’न्यू ब्रेजा’ आज सार्वजनिक गरेको हो ।

भारतको नयाँ दिल्ली अटोशोको आकर्षणको रुपमा समेत रहेको सुजुकी ग्राण्ड भिटारालाई नेपालमा पनि खास रुपमा हेरिएको छ । यस अघि नेपाल भित्रिएको सुजुकी ब्रेज्जाले ठूलो सफलतापाएपछि ग्राण्ड भिटारा पनि रोजाइमा पर्ने कम्पनीको दाबी छ । सुजुकी ग्राण्ड भिटारासँगै ब्रेज्जा नयाँ भर्सनपनि सार्वजनिक भएको छ ।

अति आकर्षक र फुल हाइब्रिड प्रविधियुक्त

नेपालका लागि ग्राण्ड भिटारा सार्वजनिक गर्दै सीजी होल्डिङका अध्यक्ष अरुण चौधरी र कार्यकारी निर्देशक करण चौधरी ।

दुवै गाडीसँगै यसका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिज्म डिजाइनमा आधारित भएको गरिएको जनाइएको छ । जसले अरूभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । जसका कारण गाडीको स्वरुप निकै आकर्षक छ ।

सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने दाबी गरिएको छ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने कम्पनीको भनाइ छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

उच्च मागसँगै लामो प्रतिक्षापछि नेपाली बजारमा
यसअघि नै नेपाली बजारमा ल्याउने तयारी गरिएको भएपनि कम्पनीले प्रतिबन्धका कारण ल्याउन पाएको थिएन । धेरै लामो समयपछि सोरुममा यी गाडीहरु लन्च गर्न अवसर मिलेको सिजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीले खुसी व्यक्त गर्दै भने । ‘नेपाली ग्राहकहरुको अत्याधिक माग र लामो प्रतिक्षापछि यसलाई आज लन्च गर्न पायौँ, उनले भने–‘यसअघि आयात प्रतिबन्धका कारण बजारमा ल्याउन सम्भव भएको थिएन ।

सरकारले यस आर्थिक वर्ष सुरु भएसँगै असारदेखि विलासी वस्तुहरुको आयातलाई रोक लगाएसँगै गाडीहरुसमेत प्रतिबन्धित थिए ।

नेपालका लागि ग्राण्ड भिटारा सार्वजनिक गर्दै सीजी होल्डिङका अध्यक्ष अरुण चौधरी र कार्यकारी निर्देशक करण चौधरी ।

ब्रेजा अब हाइटेक भर्सनमा
पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी भएको कम्पनीको दाबी छ । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरू पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने बताइएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका छन् । जुन शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुन्छन् ।

नेपालका लागि न्यु ब्रेजा सार्वजनिक गर्दै सीजी होल्डिङका अध्यक्ष अरुण चौधरी र कार्यकारी निर्देशक करण चौधरी ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण नेपालका फरक फरक ड्राइभिङ स्थल भएकाले एसयूभी अर्थात् इभी प्रविधि उचित हुने जनाइएको छ ।

चौधरीका अनुसार सुजुकी आफैँले इभी बनाउन सुरु गरेको जानकारी दिँदै यसयूभी पुर्वाधारको लागि कम्पनीले काम गरिरहेको बताए । साथै ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेका कम्पनीको दाबी छ । सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेमचेन्जर हुने दाबी गरिएको छ ।

सीजी मोटोकर्पका प्रबन्धक चित्र अधिकारीले सुजुकीको ग्राण्ड भेटेरा भविष्यलाई सोचेर अघि बढेको बताउँदै यसमा उच्चस्तरको प्रविधि समेत समावेश भएको स्पष्ट पारे ।

मजबुत सुरक्षा प्रविधिमा ग्राण्ड भिटारा
ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट नेपाल आएका हुन् । अटोमेटिक गियर बक्स र ईड्राइभ टेक्नोलोजी उपलब्ध यो गाडी बोल्ड लुक्सका देखिने छ ।

१४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान भएको यो गाडीले ११४ बीएच पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सुजुकी ग्राण्ड भिटाराले प्रतिलिटर २० किलोमिटर बढी माइलेज दिन्छ ।

ई–सिभीटी गियरबक्स सहित नेपाल आउने यो गाडीमा एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर,के १५ सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्ट उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

सेफ्टीका लागि कम्पनीले ६ वटा एयरव्याग,इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल,टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिस ब्रेक उपलब्ध गराएको छ । त्यस्तै हलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा पनि दिइएको छ ।

९ इन्चको टच स्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट,भेन्टीलेटेड सिट, ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा,वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम लगायतका प्रविधि फिचर समेत यो गाडीमा छ ।

नेपालमा यसको कति छ मूल्य ?
कम्पनीले ग्राण्ड भिटारा कार जिटा भेरियन्ट र अल्फा भेरियन्टको मूल्य आधिकारिक तोकेको छ भने न्यू ब्रेजाको मुल्य ४४ लाखभन्दा माथी विभिन्न भेरियन्ट र मोडलमा निर्धारण गरिएको छ । ४१ लाखभन्दा माथी विभिन्न भेरियन्टमा मुल्य तोकिएको छ । हरेक भेरियन्टका गाडीहरुमा सोहीअनुसारको छुटको व्यवस्थासमेत गरिएको सीजी होल्डिङले सार्वजनिक गरेको मूल्य तथा छुटदरको तथांकमा उल्लेख छ ।

कम्पनीले सार्वजनिक गरेको मूल्य तथा छुटदरको तथांक

Tags :

प्रतिक्रिया दिनुहोस्