१० श्रावण २०८३, आइतबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स नयाँ- नयाँ प्रडक्ट्सहित ग्रामिणमुखी बिमा सेवा प्रवाह केन्द्रित हुन्छ : सिइओ क्षेत्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्स नयाँ- नयाँ प्रडक्ट्सहित ग्रामिणमुखी बिमा सेवा प्रवाह केन्द्रित हुन्छ : सिइओ क्षेत्री



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ( सिइओ) चंकि बहादुर क्षेत्रिले ग्रामीणमुखी बिमा सेवा प्रदान प्राथमिकता दिइने बताए ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्म भइ एकीकृत कारोबारको औपचारिक कार्यक्रममा सिइओ क्षेत्रिले यस्तो बताएका हुन ।

लुम्बिनीसगको मर्जपछी कम्पनीले कृषि बिमामा विशेष केन्द्रित हुने जानकारी गराए । उनले भने-‘मर्जपछी कम्पनीले विशेष कृषि र लघुबिमामा केन्द्रित हुन्छौं । नयाँ नयाँ प्रोडक्ट ल्याइ गुणस्तरीय विमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउन चाहान्छु।’