एनएमबि क्यापिटलले घटायो कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क, अब कति ?
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि सरल बचत फण्ड–इ को कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ ।
चैत १ गतेदेखि लागू हुने गरी प्रतिकारोबार निक्षेप सदस्य शुल्क ५ रुपैयाँ लाग्ने व्यवस्था गरेको हो । यस भन्दा अघि भने योजनाको प्रत्येक कारोबारमा निक्षेप सदस्य शुल्क २५ लाग्ने गरेको थियो ।












