२७ श्रावण २०८३, बुधबार

मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक



काठमाडौं । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो। उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।