यस्ता छन् मन्त्रिपरिषद बैठकका १० वटा निर्णय
काठमाडौं । नेपाल सरकारको मंगलबार भएको मन्त्रिपरिषद बैठकले विभिन्न १० वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अत्यावश्यक काम बाहेक नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाएको जानकारी दिइन्।














