२८ श्रावण २०८३, बिहिबार

शाइन रेसुङ्ग डेभलपमेन्टको ५० लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सोमबार बैंकको ५० लाख २८ हजार ७४१.९९ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले १३.३० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।\

अब सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।