जीडीपीको २५ प्रतिशत रेमिट्यान्स पठाउने वैदेशिक श्रमिकलाई सामाजिक सुरक्षा कोषले मलम लगायोः उपाध्यक्ष ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैदेशिक रोजगारीमा रहेका नेपालीहरु पिडामा सामाजिक सुरक्षा कोषले मलम लगाउने बताएका छन् । सामाजिक सुरक्षा कोषले आज (चैत ८ गते) बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजना सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सामाजिक सुरुक्षाको उक्त ब्यवस्थाले श्रम शक्तिको ठूलो हिस्सा करिब ४० लाख श्रमिक र उनको परिवार लाभाविन्त हुने विश्वास ढकालले ब्यक्त गरे । उनले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुनै पनि समाजिक सुधार ब्यवस्था नभएकाले बिरामी वा दुर्घटना हुदाँ स्वास्थ उपचारमा समस्था भोक्नु परेको, मृत्यु हुने परिवारले ठूलो समस्या भोक्नु परेको परिस्थीतिमा सामाजिक सुरक्षाको यो ब्यवस्थाले ठूलो राहत प्रदान गर्ने छ ।”
बैदेशिक रोजगारमा रहेका नेपालीहरुले कुल जीडीपीको २५ प्रतिशत भन्दा बढी रहेको हुदाँ रेमीट्यान्स पठाउने श्रमिकलाई समाजिक सुधार कोषले मलम लगानएको उनेको भनाइ रहेको थियो । चालु आर्थिक वर्षको तथ्याङ हेर्दा प्रति महिना करिब १ खर्ब बराबर रेमिट्यान्स भित्रियको बताए ।













