सरकारले ब्याजदर घटाउन नसक्दा ब्यबसाय नै बन्द गर्नुपर्ने अबस्था आयो: चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले व्याजदर घटाउन आग्रह गरेका छन् । नेपाल इटलि चेम्बर अफ कमर्सको ९ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
विश्वको अर्थतन्त्र नै धरासायि भएको अबस्थामा सरकारले ब्याजदर घटाएर व्यावसायलाई चलायमान बनाउनु पर्ने भनाइ राखेका थिए । वेसरेटमा लिने गरेको प्रिमियर २ प्रतिशत झार्ने सके ब्याजदर समेत घटाउन सक्ने बताएका हुन ।
सरकारले ब्याजदर घटाउन नसके ब्यबसाय नै बन्द गर्नु पर्ने अबस्था सिर्जना भएको बताएका हुन । साथै, इटाली सग ब्यापार घाटा बढ्दै गएको अबस्था सरकारले राजदुतावास खोल्नु जरुरि रहेको उनको भनाइ रहेको थियो ।













