थप तीन ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति
काठमाडौं । थप तीन वटा ब्रोकर कम्पनी शाखा खोल्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले शनि सेक्यूरिटिज, आर्यातार इन्भेष्टमेन्ट सेक्यूरिटिज र नासा सेक्यूरिटिजलाई थप शाखा खोल्न अनुमति दिएको हो ।
यीमध्ये शनि र नासाले पोखरामा शाखामा खोल्नेछन् भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ । बोर्डले यसअघि ११ ओटा ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमति दिएको छ ।
बोर्डले पछिल्लो देशव्यापी रुपमा सहज तरिकाले धितोपत्रको पहुँच पुर्याउनका ब्रोकरको शाखा विस्तारमा लागि जोडदिएको छ ।













