१९ श्रावण २०८३, मंगलबार

जनगणनाको अन्तिम नतिजा : २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो नेपालको जनसंख्या



काठमाडौं । नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ’राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक गरेका हुन् ।

गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।