२८ श्रावण २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकले २०८० सालको क्यालेन्डर सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंकले नँया वर्ष २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज काठमाडौंको हाटल लि हिमालयनबाट क्यालेन्डर सार्वजनिक गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकको अध्याक्ष चन्द्र प्रसाद ढकालको अतिर्थीमा कार्यक्रम सञ्चालन भएको थियो ।

यस क्यालेन्डरले कलाकारहरुको इनकरेक्टको लागि मण्डला चित्रकलालाई ध्यान दिएको ढकालले बताएका छन् । स्वदेशमा मात्र नभएर विदेशमा पनि मण्डला चित्रकलाको माग हुँदै आएको उनले बताएका छन् ।

साथै, उनले भने, कलाकारको प्रमोटको लागि र नेपालको कला संस्कृतिलाई जोगाउनको लागि ग्लोबल आइएमई बैंकले यो क्यालेन्डर सार्वजनीक गरेको हो ।