१० श्रावण २०८३, आइतबार

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितको लागि कम्पनीले १७औं वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने आव्हान गरेको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ ।