कुमारी क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनामा आवेदन दिने म्याद थप - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुमारी क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनामा आवेदन दिने म्याद थप



काठमाडौं । कुमारी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजनामा आवेदन दिने समय थप भएको छ । पहिलो चरण (चैत १३ गते) मा माग बमोजिको आवेदन नपरे पछि समय थप गरी चैत २३ गते पुराएको हो।

कम्पनीले चैत ९ गतेदेखि ‘कुमारी सुनौलो लगानी योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गरेको हो ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्