एनआईसीसीओले ल्यायो नेपाल र भारत बीचको धार्मिक र आध्यात्मिक परिक्रमा बारे कफी टेबल बुक
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीओ) ले नेपाल र भारत बीचको धार्मिक र आध्यात्मिक परिक्रमा बारे कफी टेबल बुक ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच पर्यटन मन्त्री सुदन किराँतीले उक्त बुक सार्वजनिक गरेका हुन ।
यस पुस्तकमा नेपालका धार्मिक तीर्थस्थल क्षेत्रका विज्ञहरूको समूहले पहिचान गरेअनुसार पाँचवटा धार्मिक परिपथहरू समावेश गरिएको छ । जसमा शिव(शक्ति सर्किट महाभारत सर्किट, रामायण सर्किट, बौद्ध सर्किटहरू र सिख सर्किट बारे ब्याख्या गरिएको छ ।
धार्मिक पर्यटन र तीर्थयात्रा पर्यटनको अपरिहार्य पक्ष हो र नेपाल–भारत सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउनका लागि आवश्यक रहने मन्त्री किराँतीले बताउ उनले भने, सर्किटहरूलाई प्रमुखता दिने कफी टेबल बुक यो गर्नको लागि महत्त्वपूर्ण तरिका हुनेछ । जसमा नेपाल र भारतको सम्बन्ध राम्रो बनाउन भुमिका खेल्ने छ ।
विभिन्न सरोकारवालाहरूका साथै भारतीय राजदूतावास, काठमाडौं, नेपाली राजदूतावास, नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड र अन्य सदस्य संस्थाहरूले पुस्तकप्रति गहिरो चासो देखाएका छन् र यस पुस्तकलाई वास्तविकतामा ल्याउन योगदान पु¥याएको एनआईसीसीओले बताएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) सन् १९९३ मा दुई देशबीचको छलफल र अन्तरक्रियालाई सहज बनाउन स्थापना भएको थियो । एनआईसीसीआले संयुक्त उद्यम लगानी र दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । पर्यटनलाई एक सम्भावित क्षेत्रका रूपमा हेरिएको छ जहाँ द्विपक्षीय सहयोगले नेपाल र भारत दुवैलाई फाइदा पुग्न सक्छ ।
नेपाल र भारतबीच गहिरो सांस्कृतिक, सामाजिक र धार्मिक सम्बन्ध रहेको छ जसले हामीबीच लचिलो सम्बन्ध सिर्जना गर्दछ । एनआईसीसीआअध्यक्ष श्रीजना राणाको संयोजकत्वमा रहेको एनआईसीसीआको पर्यटन समितिले दुई देशबीचको द्विपक्षीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । पर्यटन समितिले ओभरल्याण्ड यात्रा, हवाई यात्रा, संयुक्त प्रवर्द्धन र जोड्ने धार्मिक सर्किटको विकास र अन्य नीतिगत खाडलहरूबाट द्विपक्षीय पर्यटन प्रवर्द्धन गर्न आवश्यक क्षेत्रहरू पहिचान गर्न मद्दत गरेको छ । यो नेपाल र भारत र आवश्यक सार्वजनिक निजी सरोकारवालाहरू बीच द्दण्ज्ञड मा संयुक्त कार्य समूह को सहजीकरण मार्फत एनआईसीसीआ द्वारा गरिएको हो ।













