२९ श्रावण २०८३, शुक्रबार

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेक बिच सम्झौता



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्राली बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपिओ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रालीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र बिक्रम सिजापति, ले हस्ताक्षर गरेका छन् । यस समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा नेशनल बायोटेक प्रा.लीका तर्फबाट अध्यक्ष श्याम बिक्रम सिजापतिको पनि उपस्थिती रहेको थियो ।

नेशनल बायोटेक प्रालिका कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई काठमाडौंमा सञ्चालन भइरहेको छ । नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल उत्पादन गर्छ । कम्पनि देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् । यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।