१० श्रावण २०८३, आइतबार

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ९३ अर्ब ७५ करोडमाथि, कुन–कुन देखिए अग्रस्थानमा ?

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ९३ अर्ब ७५ करोडमाथि, कुन–कुन देखिए अग्रस्थानमा ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।०८० को फागुन महिनामा ९३ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार जीवन बीमा कम्पनीहरुले ९३ करोड ७५ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

फागुन महिनासम्ममा १ करोड ४० लाख १ हजार ५७६ वटा बीमा पोलिसी विक्री गरी सो कुल बीमा शुल्क आर्जन गरेका हुन् । फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङमा उल्लेख गरीएको छ ।

जीवन बीमा कम्पनीहरु मध्य सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपालले ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ, तेस्रोमा नेशनल लाइफ १० अर्ब २२ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् ।
त्यस्तै, क्रमश राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड ६२ लाख, यूनियन लाइफले ५ अर्ब १७ करोड ८६ लाख, एशियन लाइफले ४ अर्ब ५९ करोड १लाख, सिटिजन लाइफले ३ अर्ब ५७ करोड २८ लाख र मेट लाइफले ३ अर्ब ३९ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, प्राइम लाइफले २ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड ७४ लाख रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ७ करोड ८ लाख रुपैयाँ, गुराँस लाइफले १ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४० करोड १७ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब १ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।