जीवन बीमा व्यवसायमा १० अर्बको बढोत्तरी: नेपाल लाइफको अविरल अग्रता, एलआईसी र नेशनलबीच प्रतिस्पर्धा
जीवन बीमा व्यवसायमा १० अर्बको बढोत्तरी: नेपाल लाइफको अविरल अग्रता, एलआईसी र नेशनलबीच प्रतिस्पर्धा
काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पीहरुको बीमा शुल्क आर्जन एक महिनामै १० अर्ब रुपैयाँले वृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क एक महिनामा थप १० अर्ब ३३ करोड ३६ करोड २३ लाख ५५ हजार रुपैयाँले बढेको हो ।
चालु आवको आठ महिनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ९३ अर्ब ७५ करोड ३७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । जुन गत माघ मसान्तसम्मको तुलनामा भने १२.४२ प्रतिशतले बढी हो । गत माघ मसान्तसम्ममा भने कम्पनीहरुले कुल ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनरुको नविकरण बीमा शुल्क मार्फत ७५ अर्ब २० करोड २१ लाख २६ हजार रुपैयाँ, प्रथम बीमा शुल्क मार्फत १८ अर्ब ५५ करोड १६ लाख ५३ हजार रुपैयाँ उठाएका छन् । सो अवधिमा कुल सक्रिय रहेको बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ रहेको छ ।
नेपाल लाइफको अविरल अग्रता, एक महिनामा साढे दुई अर्बले बढ्यो व्यवसाय
चालु आवको आठ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यवासायिक अग्रता कायमै छ ।
फागुन मसान्तसम्ममा कम्पनीले २४ अर्ब ३७ करोड ८६ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन गत माघ मसान्तसम्मको तुलनामा २ अर्ब ७३ करोड १८ लाख ४३ हजार रुपैयाँ अर्थात १२.६२ प्रतिशतले बढी हो ।
चालु आवको फागुन मसान्तसम्मा कम्पनीले नविकरण मार्फत कुल २० अर्ब ९० करोड ५१ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । सो अवधिमा कम्पनीको प्रथम बीमा शुल्क ३ अर्ब ४७ करोड ३५ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कम्पनीको सक्रिय बीमालेखको संख्या ९ लाख ७८ हजार ६२६ रहेको छ । फागुन महिनामा मात्रै कम्पनीको नविकरण बीमा शुल्क २ अर्ब २९ करोड ११ लाख ८० हजार रुपैयाँ र प्रथम बीमा शुल्क ४४ करोड ६ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
एलआईसीलाई पच्छ्याउँदै नेशनल लाइफ, प्रिमियमा १ अर्ब २७ करोडको अन्तर
चालु आवको फागुन मसान्तसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) र नेशनल लाइफ इन्स्योरेन्स बीच प्रतिस्पर्धा देखिएको छ ।
सो अवधिमा एलआईसी नेपालले ११ अर्ब ४९ करोड ७७ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो नेशनल लाइफ इन्स्योरेन्सले आर्जन गरेको कुल बीमा शुल्क भन्दा १ अर्ब २७ करोड ५८ लाख रुपैयाँले बढी हो ।
चालु आवको आठ महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन १० अर्ब २२ करोड १९ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
सो अवधिमा एलआईसी नेपालले फागुन मसान्तसम्म नविकरण मार्फत १० अर्ब ४ करोड ३९ लाख ५१ हजार रुपैयाँ र प्रथम बीमा शुल्क मार्फत १ अर्ब ४५ करोड ३८ लाख २२ हजार रुपैयाँ प्रिमियम उठाएको छ । कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ६ लाख ८५ हजार २४४ रहेको छ ।
यता, नेशनल लाइफले भने नकिरण मार्फत ७ अर्ब ९१ करोड ९ लाख ८५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको प्रथम बीमा शुल्क भने २ अर्ब ३१ करोड ९ लाख ५२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या १६ लाख ९९७ वटा रहेको छ ।
आधा दर्जन कम्पनीको बीमा शुल्क ३ अर्ब माथि
चालु आवको फागुन मसान्तसम्ममा आधा दर्जन जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ३ अर्ब माथि देखिएको छ ।सो अवधिमा राष्ट्रिय बीमा संस्थाले ६ अर्ब ७३ करोड ८७ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
फागुन मसान्तसम्ममा प्रथम बीमा शुल्क बापत ४२ करोड ७० लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीका सक्रिय बीमालेखको संख्या ५ लाख ६२ हजार ३२८ रहेको छ । फागुन मात्रै कम्पनीले २५ करोड ५९ लाख रुपैयाँ र प्रथम बीमा शुल्क मार्फत ३ करोड ३२ लाख ९० हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।
सूर्यज्योति लाइफले पनि आठ महिनामा ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ । चालु आव फागुन मसान्तसम्म कम्पनीले नविकरण मार्फत ३ अर्ब ८४ करोड ४७ लाख र प्रथम बीमा शुल्क मार्फत १ अर्ब ६७ करोड १४ लाख रुपैयाँ संकलन गरेको हो । कम्पनीको कुल सक्रिय बीमालेखको संख्या ८ लाख १३ हजार ९६६ रहेको छ ।
यस्तै, युनियन लाइफले ५ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो मध्ये कम्पनीले नविकरण मार्फत ४ अर्ब ३४ करोड ५२ लाख बीमा शुल्क उठाएको छ । कम्पनीले प्रथम बीमा शुल्क मार्फत भने ८३ करोड ३३ लाख रुपैयाँ संकलन गरेको हो । सो अवधिमा कम्पनीको सक्रिय बीमालेखको संख्या १ लाख ६ हजार २१२ रहेको छ ।
त्यसैगरि आठ महिनाको अवधिमा एशियन लाइफले ४ अर्ब ५९ करोड १ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५७ करोड २८ लाख र मेट लाइफले ३ अर्ब ३९ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । फागुन मसान्तसम्ममा यी कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन क्रमशः ९२ करोड ४१ लाख २९ हजार रुपैयाँ, ११ करोड ५८ लाख ५७ हजार र ८० करोड ४९ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
अन्यको अवस्था कस्तो ?
चालु आवको फागुन मसान्तसम्ममा प्राइम लाइफले २ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, आइएमई लाइफले २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
त्यसैगरि रिलायन्स लाइफले २ अर्ब ७ करोड ८ लाख रुपैयाँ, गुराँस लाइफले १ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ, प्रभु लाइफले १ अर्ब ४० करोड १७ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब १ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।













