२४ भदौ २०८३, बुधबार

जिडब्लुएम गाडीकोे खरिदमा ५ लाख छुट पाईने, यस्ता भिजी ईम्पेक्सको नयाँ वर्ष विशेष अफरहरु



काठमाडौं । भिजी ईम्पेक्स कम्पनीले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक बिक्रेता रहेको कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा सो अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो अफर नेपालभर १५ दिनसम्म चालु रहने छ । सो अवधिमा खरिद गरिएका जिडब्लुएमका सबै मोडलका गाडीहरुको खरीदमा ५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ । जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु मान्य हुनेछ ।

कम्पनीले ‘हर्षमय नव वर्ष २०८०’ अभियान ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै सार्वजनिक गरेको हो । ग्राहकहरुलाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लासपूर्ण बनाउन उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ ।

यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाखसम्मको फाइदा पाउनेछन् । हरेक जिडब्लुएम गाडीको खरिदमा, ग्राहकले निशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन डिस्काउन्ट, एक वर्षको व्यापक बीमा, निशुल्क एक्सेसोरिज, ५ वर्षको वारेन्टी, ५ वर्ष निशुल्क सर्भिस र स्पट भ्यालुएसन, एक्सचेन्ज र अन्य धेरै सुविधाहरुको कम्पनीले जनाएको छ ।