सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवाको लागि १ लाख आर्थिक सहयोग
काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरद्वारा भानु टोलमा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागि सहयोग गरेको हो ।
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) द्वारा ज्येष्ठ नागरिकहरुको हक,अधिकार र संरक्षण तथा पुस्तान्तरण गर्ने उधेश्यका साथ ज्येष्ठ नागरिकहरुका लागि सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ जहाँ ज्येष्ठ नागरिकहरुका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरु गरेको छ ।
यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सन्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धी तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरु प्रतीहुने दुव्र्यव्यवहार तथा हिंसा न्युनिकरण गर्ने सरोकार वालाहरुसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरुको प्रभावकारी कार्यन्वयनका लागी विविधकार्यहरु गर्दै आएको छ ।













