हिमालयन बैंकमा खाता खोल्दा बीमा रकम वृद्धि
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न दुईखालको खाता खोल्दा दिँदै आएको बीमा रकम वृद्धि गरेको छ । बैंकले नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाख बाट बृद्धि गरी रु.१० लाख बनाएको हो ।
नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ ।
विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको हो
१० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशत सम्म छुट रहेको बैंकले जानकारी दिएको छ ।













