एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबिच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुपप्रालि बिच सम्झौता भएको छ ।
दुई कम्पनी बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा मार्फत कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यको साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रालिका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंशनिरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्ने छन् ।
उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रालिका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले चैत्र २० गते सोमबार हस्ताक्षर गरेका छन् ।













