१० हजार छुटमा भेस्पा अप्रिलिया स्कुटर किन्ने मौका, ५ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा
काठमाडौं । भेस्पा अप्रिलिया स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाईने भएको छ । नेपालका आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले नयाँ वर्ष अफर ल्याएको हो ।
सो अफर अन्तर्गत यस अन्तर्गत भेस्पा अप्रिलिया कुनै पनि स्कुटर किन्दा १० हजार रुपैयाँ नगद छुट, स्कुटर छोप्ने कभर र हेल्मेट समेत पाइने कम्पनीले जनाएको छ ।

यसका साथै ५ प्रतिशत ब्याजदरमा फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । सो अफर आगामी २०८० बैशाख ३१ गतेसम्म लागू हुनेछ । अफर अन्तर्गत पुरानोसंग नयाँ स्कुटर पनि साट्न सकिनेछ । जसमा थप १० हजार रुपैयाँ भ्यालुशनको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन्।













