७ श्रावण २०८३, बिहिबार

अन्जन श्रेष्ठले भने, ‘सरकारले निजि क्षेत्रलाई प्रोत्साहन हाेइन निचोर्न मात्र जानेकाे छ’



काठमाडौं ‌। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार अन्जन श्रेष्ठले सरकारले निजि क्षेत्रलाई निचोर्ड मात्र नभइ प्रोत्साहन गर्नु पर्ने बताएका छन् ।

आज वाचापत्र घोषणा कार्यक्रममा बोल्दै ब्यवसायीले सरकारलाई कर उठाउन ठूलो सहयोग गरेको तर सरकारले हामिलाई हेर्न दृष्टि कहिल्यै राम्रो नबनाएको आरोप लगाए ।

उनले देश अहिले आर्थिक हिसाबले संकटको घडिमा रहेको हुँदा सफल परीक्षणलाइ आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, “म २० वर्ष अघि समितिको सदस्यमा सहभागी रहेको छु । मैले सबै क्षेत्रको धरातल बुझेको र त्यसको सुधारका लागि पर्छु । निजि क्षेत्र लाइ नयाँ उचाइ दिने काम मेरो तर्फबाट हुनेछ” ।

अर्थतन्त्रमा चुनौती अहिले ब्याजदर वृद्धि र पूँजीगत खर्च निर्माण गर्नु नसक्नु भएकाले यसका लागि सरकारसग छलफल गर्न बताए । १० वर्ष देखि देश आर्थिक रुपले धरासायी भएको र यसअघि छोटो समयका लागि समाधान भएको र आफ्नो नेतृत्वले दिगो सम्म प्रभाव पार्ने गरि काम गर्न बताए ।

रोजगारीका लागि विदेश जानेको संख्या बढेको भन्दै दु:ख ब्यक्त गरे । रेमिट्यान्सले देश बिकास हुन्न भन्ने कुरा प्रमाणित भएको बताउदै उक्त कुरा रोक्न आफ्नो पहल हुने बताए ।


प्रतिक्रिया दिनुहोस्