इभी स्कुटर भित्र्याउने तयारीमा बजाज, ८ लाख नेपालीले चढे बजाज मोटरसाइकल  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

इभी स्कुटर भित्र्याउने तयारीमा बजाज, ८ लाख नेपालीले चढे बजाज मोटरसाइकल 



काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेसन स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा २५ वर्ष अघिदेखि बजाज कम्पनीका मोटरसाइकल नेपालीहरूले चढ्न पाएका हुन् । 

कम्पनीले २५ वर्षमा ८ लाख मोटरसाइकल भित्र्याएको बताएको छ । कम्पनीको सञ्चालक अभिमन्यु गोल्छाले हालसम्म ८ लाख आफ्ना सन्तुष्ट ग्राहक रहेको दाबी गरे । बजाजले २५औँ वर्षको अवसरमा आज एक कार्यक्रम गरी सो जानकारी दिएको हो । 

नेपालमा बजाज १९९८ देखि भित्रिन सुरु भएको हो । २ बर्सअघिदेखि सबै मोडलका मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आएको बजाजले नेपालमा १ सय ८० जना इन्जिनियरलाई रोजगारी दिएको गोल्छा बताउँछन् । 

बजाजले निकट भविष्यमा इलेक्टीक स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरेको गोल्छाले बताए । भारतीय बजारमा भने बजाजले इलेक्ट्रिक स्कुटर लन्च गरिसकेको छ । 

साथै, महाप्रबन्धक योगेश गुरुङले बजाजले विश्वमा ७० देशमा बजाजका दुई पाङ्ग्रे सवारी अत्यधिक रुचाइएको बताए । 

गत अघिल्लो आवमा वार्षिक ८० हजार मोटरसाइकल विक्री गरेको गोल्छा अर्गनाइजेसनको यो वर्ष व्यापार ६० प्रतिशतले गिरावट आएको जनाएको छ । अहिले बजारमा सबै ब्रान्डका मोटरसाइकल/स्कुटरको विक्री निरन्तर घटिरहेको छ । आर्थिक मन्दीका वावजुत पनि अझै बजाज र हण्डा अग्र स्थानमा रहेका छन् । 

Tags :

प्रतिक्रिया दिनुहोस्