३० श्रावण २०८३, शनिबार

आइएमई पेद्धारा रिफन्डेबल एयरलाइन्स टिकट लिन मिल्ने



काठमाडौं । आइएमई पे ले रिफन्डेबल एयरलाइन्स टिकट लिन मिल्ने सुविधा ल्याएको छ ।

आइएमई पे मार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको
टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने भएको हो ।

रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल
टिकटमा परिवर्तन गर्न सक्ने छन् ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै
विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको
छ ।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै
रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूणर् मुल्य रिफन्ड पनि पाउने छन् ।